सन् २०२१ को फेब्रुअरीमा दोहाको कतार एडूकेशन सिटी रङ्गशालामा भएको फिफा क्लब विश्वकपको सेमिफाइनल खेलमा शरीरमा पानी खन्याउँदै टिग्रेस यूएएनएलका लुइस किन्योनेस

फुटबल विश्वकप २०२२: मरुभूमिस्थित रङ्गशाला शीतल राख्ने उपाय

जब सन् २०२२ को विश्वकप आयोजना गर्नका लागि कतार छनोट भयो त्यतिबेला धेरैले सो देशको मानव अधिकारको अवस्थादेखि पूर्वाधार चुनौतीका विषयमा विभिन्न प्रश्न उठाए। एउटा प्रश्न ४० डिग्री सेल्सीअसभन्दा माथिको तापक्रममा खेलाडी र दर्शकहरूको कस्तो अवस्था हुन्छ भन्ने थियो।

प्रतियोगिता हिउँदमा सार्नु समाधानको एउटा उपाय हुन्थ्यो। तर मरुभूमिमा रहेको धनी देश कतारले यो आयोजनालाई अझै स्मरणीय बनाउने वाचा गरिरहेको छ। एउटा वाचा चाहिँ अति गर्मी हुने स्थानमा पनि उच्च प्रविधिको प्रयोग गरेर वर्षैभरि प्रमुख खेल प्रतियोगिता गर्न सक्ने बनाउने हो। स्थानीय खेलाडी हजर सालेह भन्छिन्: तापक्रम र आर्द्रता यो क्षेत्रमा खेल्दा सामना गरिने प्रमुख चुनौती हुन्।

त्यसो भए कतारले पृथ्वीलाई असर नपर्नेगरी कसरी खेलाडी र दर्शकलाई सहज बनाउने प्रयास गर्छ त?

कतारको अल जानुब रङ्गशालाको दृश्य जहाँ रातो तीरले तातो हावा देखाइएको छ

तर मैदान र दर्शकदीर्घामा चिसो कायम राख्न अर्को सिर्जनात्मक समाधानहरूको आवश्यकता पर्दछ। भित्र हेरौँ न त।

खेलको बेला ४०,००० दर्शक उपस्थित हुन्छन्। ती प्रत्येक ताप र आर्द्रताको स्रोत हुन्।

कतारको मौसम अनुसारको तापक्रम र रङ्गशालाभित्रै उत्पन्न ताप व्यवस्थापनका लागि प्रभावकारी प्रणाली आवश्यक पर्छ।

दर्शकदीर्घामा रहेका प्रत्येक दर्शकलाई सीटमुनि राखिएको चिसो हावाको पाइपको प्वालबाट शीतलता प्रदान गरिनेछ।

ती साँघुरा पाइपको प्वालजस्तो संरचनाले स्नानघरको शावरले जस्तै गरेर हावालाई फैलाएर दर्शकलाई घेर्ने गरी बाहिर फाल्छ।

तर हावाको प्रवाह विमानको सीटमाथि रहेको हावा बहने प्वालबाट जस्तो जोडले नभई बिस्तारै निस्कन्छ।

यसले दर्शकलाई त शीतल हुन्छ तर खेलाडीले चाहिँ के गर्ने नी?

फुटबल खेलाडीहरू प्रत्येक खेलमा १० किलोमिटरसम्म दौडन्छन् र तीन लिटरसम्म पसिना निकाल्छन्। त्यसैले उनीहरूको शरीरलाई शीतलता र पानी आवश्यक परिरहन्छ।

अल जानुब रङ्गशालाको मैदान र दर्शकदीर्घा देखाइएको चित्र जहाँ रातो रङ्गले ताप दर्शाउँछ

कतारको आर्द्र वातावरणमा पसिना सुक्न गाह्रो हुन्छ र शरीर धेरै तात्न सक्छ।

त्यसैले कतार विश्वकपका रङ्गशालामा ठूलो पाइपको प्वालबाट चिसो हावा फ्यालेर मैदानमाथि कम तापमानको हावाको तह बनाइनेछ।

यो प्रणाली विकास गर्न सघाउने वातानुकूलित हावा विज्ञ डा. साउद अब्दुल गनीका अनुसार ती हावाको बहावको कोण र चिसो हावा कहाँ कसरी बहन्छ भन्ने कुरा मिलाइएका कारण खेलाडीलाई हावा बहेको महसुस हुन्न।

यसको नतिजा रङ्गशालामा मैदान र दर्शकदीर्घाभन्दा दुई मिटर जति माथिसम्म मात्र चिसो हावाको तह बन्छ। त्यसपछि के हुन्छ?

चिसो हावा तात्दै जान थालेपछि त्यसलाई मध्यम उचाइमा रहेका पाइपका प्वालबाट सोसेर बाहिर पठाइन्छ।

त्यसपछि त्यो हावालाई सफा गरेर र चिसो बनाएर फेरि भित्र पठाइन्छ र यसरी एउटा चक्र पूरा हुन्छ।

चिसो पानीले ताप सोसेपछि त्यसलाई तीन किलोमिटर पर रहेको ४०,००० लिटरको ट्याङ्कीमा पुर्‍याइन्छ। जहाँ त्यो पानीलाई अर्को दिनको खेलमा प्रयोग गर्नका लागि पुनः चिसो बनाइन्छ।

रङ्गशाला र सौर्ज ऊर्जा प्रणालीको चित्र

यो सबै प्रणालीले दोहाको केन्द्रबाट ८० किलोमिटर बाहिर हालसालै बनाइएको सौर्य ऊर्जा उत्पादन केन्द्रबाट उत्पादित ऊर्जा प्रयोग गर्छ।

डा. कूल

यो प्रणाली विकास गर्ने डा. साउद अब्दुल गनीले बीबीसीलाई कतारले खेलाडीहरू फर्किएपछि पनि लामो समयसम्म स्मरणयोग्य कार्य गर्न चाहेको बताएका छन्।