प्रत्यक्ष निर्वाचनमा रास्वपाले १२२ सीट जित्दा दोस्रो स्थानमा रहेको कांग्रेस १७ सीटमा सीमित
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अब केही स्थानबाट मात्रै मतगणनाको अन्तिम परिणाम आउन बाँकी छ।
मतगणना भएका १६४ मध्ये साँझ ९ बजेसम्म १५९ क्षेत्रको परिणाम सार्वजनिक भएको छ। त्यसअनुसार १२२ स्थानमा जितेको रास्वपा अग्रस्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ क्षेत्रमा मात्र जितेको छ।
त्यसपछि क्रमशः नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपा छन्।
समानुपातिकतर्फ ५७.५० लाखभन्दा केही बढी मत गन्दा रास्वपाको पक्षमा ४९ प्रतिशत गएको निर्वाचन आयोगले जनाएको छ।
समानुपातिक मतमा रास्वपापछि क्रमशः कांग्रेस, एमाले, नेकपा र राप्रपा छन्। तीन सीट जितेको श्रम संस्कृति पार्टीले गनिएको मतमा तीन प्रतिशत पुर्याउन सकेको छैन।
यही विवरणसहित हामी आजलाई यो लाइभ पेजबाट बिदा माग्छौँ। धन्यवाद।
यो पनि पढ्नुहोस्
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।











