यी १५ वर्षे शरणार्थी गर्भवती छिन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, रोहिंज्या शिविरको कथा

युनिसेफका अनुसार म्यानमारबाट विस्थापित रोहिंज्यामध्ये झन्डै पाँच लाखजति कलिला शरणार्थीहरू गम्भीर सङ्कटमा रहेका छन् र उनीहरू 'हराएको पुस्ता' हुनसक्ने खतरा रहेको छ।

गत वर्ष सुरक्षाकर्मीका केही चौकीमा रोहिंज्या लडाकुहरूले आक्रमण गरेपछि म्यानमारको सेनाले रोहिंज्या बस्तीहरूमा व्यापक दमन गर्‍यो।

संयुक्त राष्ट्रसङ्घले त्यसलाई 'जातीय सफाया' मानेको छ।

बीबीसीले गरेको एउटा अनुसन्धानमा बाङ्ग्लादेशको कक्स बजारको शिविरमा शरण लिइराखेका रोहिंज्या बालिकाहरू विभिन्न किसिमको शोषणमा पर्ने गरेको पाइएको छ।

हेर्नुहोस् यो भिडिओ।