भारतको गिरमा ११ सिंहको मृत्युको कारण के

सिंह र गिर

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, ५०० भन्दा बढीको संख्यामा रहेका सिंह गुजरातको पहिचान मानिन्छन्।

भारतको गुजरातस्थित गिर राष्ट्रिय निकुञ्जमा केहि दिनमा कम्तीमा ११ वटा सिंहहरू मृत फेला परेपछि अनुसन्धान थालिएको छ।

मृत्युको खास कारणबारे अनुसन्धान गर्न मृत्यु भएका सिंहको शरीर पोस्टमर्टमको लागि पठाइसकिएको अधिकारीहरूले बताएका छन्।

प्राप्त स्थानीय विवरणअनुसार केहीको एक आपसमा लडेर गम्भीर घाइते भइ ज्यान गएको र केहीको संक्रमणका कारण मृत्यु भएको छ।

पहिचान

एसियाली सिंहहरूको अन्तिम प्राकृतिक बासस्थान मानिने गिर नेशनल पार्कमा रहेका ५०० भन्दा बढी सिंह गुजरातको पहिचान मानिन्छन्।

गिर र सिंह

तस्बिर स्रोत, PRASHANT DAYAL

तस्बिरको क्याप्शन, पछिल्लो केही वर्षयता त्यहाँका सिंहहरू निकै आक्रामक देखिएका छन्।

३ वर्षअघि त्यहाँ ५ सय २० को संख्यामा सिंहहरू रहेको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ।

पछिल्लो केही वर्षयता त्यहाँका सिंहहरू निकै आक्रामक देखिएका छन्।

तिनको अवलोकनका लागि निकुञ्जमा जाने मानिसमाथि नै आक्रमण गर्ने गरेको पार्कका अधिकारीहरू बताउँछन्।