धवलागिरि हिमाल आरोहण किन कठिन छ?
संसारको सातौँ अग्लो ८,१६७ मिटरको धौलागिरि हिमाल आरोहणलाई कठिन मानिन्छ।
अस्थिर मौसमका कारण यो हिमालको आरोहण चुनौतीपूर्ण रहेको आरोहीहरू बताउँछन्।
आरोही पासाङ लामु शेर्पा आकिता र पूर्णिमा श्रेष्ठ धवलागिरि हिमाल चढ्ने पहिलो नेपाली महिला बनेका छन्।
धवलागिरि हिमाल आरोहण किन कठिन छ र नेपाली महिलाहरूलाई यो हिमाल आरोहण गर्न किन यति धेरै वर्ष लाग्यो?
हेर्नुस् उनीहरूसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।