मेक्सिको ओराङउटान: चिडियाखानामा जन्मिएका दुई मायालाग्दा ओराङउटानहरू

गुडालाजारा चिडियाखानामा दुई वटा ओराङउटान बच्चा जन्मिएका छन्।

दुई पोथी बच्चाहरू ज्यान्डी र मेइ-शा अहिले पाँच महिनाका भए।

विश्व वन्यजन्तु कोषले यो प्रजातिलाई अति सङ्कटापन्न सूचिमा राखेको छ।

गत ६० वर्षमा यिनीहरूको सङ्ख्या आधाले घटेको छ।

गत २० वर्षमा यिनीहरूको वासस्थान ५५ प्रतिशतले घटेको छ।