प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम यस्तो छ

पढ्ने समय: १ मिनेट

प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १६१ क्षेत्रको परिणाम घोषणा भइसकेको छ। तिनमा १२४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ। मतगणना जारी तीन स्थानमध्ये रास्वपा, नेपाली कांग्रेस र नेकपा एमाले अगाडि छन्। विवादका कारण निर्वाचन आयोगले धनुषा १ को गणनालाई आफ्नो विवरणमा समाविष्ट गरेको छैन।

प्रत्यक्षतर्फ अन्तिम परिणाम आइसकेका स्थानमा समानुपातिक मत गन्न थालिएको छ। अहिलेसम्मको परिणाममा रास्वपा अग्र स्थानमा छ। त्यसपछि क्रमशः नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी छन्।

अ: अगाडि, वि: विजयी

समानुपातिक प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सीट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ। प्रत्यक्ष मतदानमा कम्तीमा एक सीट जित्ने दलले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा मात्र यो प्रणालीतर्फ सीट पाउँछ।

सीट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ। यहाँ देखिने सङ्ख्याले केवल सम्भावित सीटलाई सङ्केत गर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।