तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचन २०८२
चुनाव विशेष
प्रतिनिधिसभा पुग्न प्रत्यक्ष प्रतिस्पर्धामा रहेका उम्मेदवारबारे हामीलाई जे थाहा छ
हामीले यो सामग्रीमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा पुग्न खोज्ने उम्मेदवारको सङ्क्षिप्त परिचय र तथ्याङ्क प्रस्तुत गरेका छौँ।
के नेपालको जस्तो निर्वाचन प्रणालीमा एउटै दलको बहुमत आउन सम्भव छ
नेपाल जस्तै मिश्रित निर्वाचन प्रणाली भएका अन्य देशहरूमा लोकप्रिय उम्मेदवार रहेका दलले एकल बहुमत ल्याएर प्रणालीमाथिको अविश्वास तोडिसकेको जानकारहरू बताउँछन्।
'चार मतदाताका लागि २० कर्मचारी': दुर्गम ठाउँमा यस्तो छ चुनावी तयारी
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ५ मा पर्ने साङ्ग्ता भन्ने गाउँमा रहेको मतदान केन्द्रमा मतदान गर्न सक्ने गरी गाउँमा अहिले जम्मा चार जना मात्रै मतदाताहरू रहेको अधिकारीहरूले बताएका छन्।
नेपालमा 'शक्ति सन्तुलन फेरिन सक्ने' भारतीय आकलन, दिल्लीको नेपालनीति के होला
भारतीय विश्लेषकहरूले दिल्लीको नेपालप्रतिको नीति फेरिने सम्भावना नदेखिएपनि यस पटक चुनावमार्फत् नेपालको शक्ति सन्तुलनमा फेरबदल हुन सक्ने अवस्था देखिरहेको टिप्पणी गरेका छन्।
त्यो 'नेपालले दाबी गरेको भूभाग' जहाँका बासिन्दाले गर्ने छैनन् फागुन २१ मा मतदान
नेपालले चार वर्षअघि अद्यावधिक गरेको नक्सा अनुसार नेपालको भूगोलभित्र समेटिएको दार्चुला पश्चिमको कालापानी, लिपुलेक र लिम्पियाधुरामा बस्ने कसैले पनि नेपाली परिचयपत्र र मतदाता परिचयपत्र नबनाएका स्थानीय अधिकारीहरूले बताएका छन्।
मतदाताले थाहा पाउनुपर्ने कुरा
चुनावको मुखमा मुख्य पार्टीहरूद्वारा अनेक थरी वाचा - कस्ता छन् समानता र भिन्नता
प्रतिनिधिसभाका लागि आसन्न निर्वाचनमा मतदातालाई आकर्षित गर्न प्रमुख दलहरूले अनेकथरी वाचा गरेका छन्। घोषणापत्रमार्फत् विभिन्न विषयमा दलहरूले व्यक्त गरेका प्रतिबद्धताको तुलनात्मक समीक्षा।
भोट दिन जाँदा मतदाताले के गर्न पाउँछन्, के गर्न पाउँदैनन्
निर्वाचन प्रचारप्रसार सोमवारबाट खुला हुँदै गर्दा आचारसंहिताले भोट खसाल्न जाने मतदाताहरूलाई पनि विभिन्न नियममा बाँधेको छ।
नयाँ मतदाताले परिचयपत्र कहिले र कसरी पाउँछन्
चुनाव घोषणा भएपछि नाम दर्ता गराएका थुप्रै नयाँ युवा मतदाताहरूले परिचयपत्र पाउन अब के गर्नु पर्छ?
आचारसंहितामा भएको 'ग्रीन इलेक्शन' के हो, प्रचारप्रसारमा यसको कस्तो प्रभाव परेको छ
निर्वाचनलाई वातावरणमैत्री बनाउनका निम्ति आयोगले हरित निर्वाचनसम्बन्धी आचरण तोकेको छ।
जनसङ्ख्या बढी छ तर मतदाता सूचीमा किन कम छन् महिला
नेपालको कुल जनसङ्ख्यामा ५१.१% महिला भए पनि फागुन २१ गते हुने निर्वाचनका निम्ति योग्यता पुगेका मतदातामध्ये केवल ४८.८% महिला छन्।
महिलाहरू अबको चुनावबाट के भइदिओस् भन्ने चाहन्छन्?
नेपालको समग्र जनसङ्ख्यामा पुरुषभन्दा महिला बढी भए पनि मतदाता सूचीमा पुरुष बढी छन्। समानुपातिक प्रणालीमा पुरुषभन्दा महिला उम्मेदवारको सङ्ख्या बढी छ तर प्रत्यक्ष प्रणालीमा यो हिस्सा नगण्य छ।
'मतदाता परिचयपत्रमा पति-पत्नीको नाम फरक पर्यो, के गर्ने?'
चुनावसम्बन्धी कुनै पनि जिज्ञासा वा प्रश्न भएमा निःशुल्क टोल फ्री नम्बर ११०२ मा सबैले फोन गर्न पाउने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ।