हराएको मान्छे खोज्न जाँदा हिउँदपछि भर्खर बिउँझिएको भालु फेला पर्‍यो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
हराएको मान्छे खोज्न जाँदा हिउँदपछि भर्खर बिउँझिएको भालु फेला पर्‍यो

एस्टोनियाको जङ्गलमा एउटा भालु शीतनिद्राबाट बिउँझिएपछि हिउँमा खेल्न लागेको भिडिओ खिचिएको छ।

टार्टुनजिकै अवस्थित उक्त जङ्गलमा एक व्यक्ति हराएपछि ड्रोन लिएर खोजी गर्न गएको टोलीले भालु फेला पारेको थियो।

एस्टोनियाको पर्यावरण बोर्डका अनुसार हिउँदमा शीतनिद्रामा पर्ने भालुहरू मार्च महिनाको अन्त्यतिर बिउँझिन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।