तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाललाई एकदिवसीय मान्यता
विश्वकप छनोट प्रतिस्पर्धामा नेपालले पपुआ न्यूगिनीलाई तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले इतिहासमै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ।
जिम्बाब्वेमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफमा नेपालले पपुआ न्यूगिनीलाई ६ विकेटले सहजै पराजित गरेको थियो।
अर्को प्रतिस्पर्धामा नेदरल्याण्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालका लागि एकदिवसीय मान्यताको ढोका खुलेको हो।
आजका खेलहरूको परिणामबाट नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गरेको छ भने हङकङले आफूसँग भएको मान्यता गुमाएको छ।
अरू कसले?
विश्वकप छनोट प्रतियोगिता खेलिरहेका पाँच एसोसिएट राष्ट्रमध्ये उत्कृष्ट तीनले टोलीलाई आइसीसीबाट एकदिवसीय मान्यता पाएका हुन्।
प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेर स्कटल्याण्ड र युएईले चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गरिसकेका छन्।
सुपर सिक्समा पर्न नसकेका तीन एसोसिएट राष्ट्रहरू नेपाल, हङकङ र पपुआ न्यूगिनीमध्ये नेपालले बाजी मारेको हो।
नेपालले अब शनिवार प्रतियोगिताको सातौँ स्थानका लागि नेदरल्याण्ड्ससँग खेल्नेछ।
एसोसिएट राष्ट्र भएपनि आइसीसी विश्व क्रिकेट लिगको यो सिजनको च्याम्पियन भएको हुनाले नेदरल्याण्ड्सले एकदिवसीय मान्यता पाइसकेको छ।
हङकङ र पपुआ न्यूगिनीले शनिवार नवौँ र दशौं स्थानको लागि खेल्नेछन्।
इतिहास
सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि एकदिवसीय मान्यता प्राप्त गर्न नेपाल सफल भएको हो।
डिभिजन ५ बाट यात्रा थालेको नेपालले यसअघि सन् २०१४ मा विश्वकप छनोट खेल्दै एकदिवसीय मान्यताको लागि प्रयास गरेको थियो। तर न्यूजिल्याण्डमा भएको उक्त प्रतियोगितामा कमजोर प्रदर्शन गरेपछि नेपाल नवौँ स्थानमा सीमित हुँदै डिभिजन ३ मा घटुवा भएको थियो।
सो बेला हङकङ, युएई, स्कटल्याण्ड र पपुआ न्यूगिनीले एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो।
उत्कृष्ट
नेपालले आज पपुआ न्यूगिनीलाई छ विकेटले सजिलै हराएको हो।
जिम्बाब्वेको हरारेमा सम्पन्न खेलमा प्रतिद्वन्द्वी पपुआ न्यूगिनीलाई ११४ रनमा रोकेपछि नेपालले १६२ बल नखेली २३ औँ ओभरमा विजय लक्ष्य पूरा गरेको थियो।
टस जितेर बलिङ रोजेको नेपालले पपुआ न्यूगिनीलाई सुरुदेखि देखि नै दबाबमा राखेको थियो।
नेपालका तेज गतिका बलरहरू सोमपाल कामी र करण केसीले पपुआ न्यूगिनीका प्रारम्भिक ब्याट्सम्यानहरूलाई प्याभिलिएन फर्काउँदै रनको गति रोकेका थिए।
त्यसपछि सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ४ / ४ विकेट लिएपछि पपुआ न्यूगिनी २७.२ ओभरमा अलआउट हुनपुग्यो।
आफ्नो ब्याटिङको पालोको नेपाली टोली सुरुमा केही धर्मराएको जस्तो देखिएको थियो।
कप्तान पारस खड्का पनि २० रन बनाएर प्याभिलिएन फर्किँदा नेपाल ३५/३ को स्थितिमा थियो।
तर त्यसपछि ऐरी र आरिफ शेखले चौथो विकेटको लागि ६७ रनको साझेदारी गर्दै खेललाई जिततिर डोहोर्याए।
ऐरीले अविजित ५० रन बनाए भने शेख २६ रन बनाएर आउट भएका थिए। रोहित पौडेलले अविजित २ रन बनाएका थिए।
उत्कृष्ट प्रदर्शनी गरेका ऐरी म्यान अफ द म्याच घोषित भए।
नामिबियामाथि नेपालले हात पारेको जितबारे करण केसी भन्छन् -