के तपाईँलाई आफ्नो आयु कति हो जान्न मन छ?

जन्मको बेला विश्वभरि मानिसको औसत आयु 72 वर्ष रहेको छ। त्यसमा पुरुषको 70 र महिलाको 75 वर्ष। तर यो उमेरअनुसार फरक पर्छ। उदाहरणका लागि 69 वर्षे व्यक्ति औसतमा थप 17 वर्ष बाँच्न सक्छ।

स्रोत: ग्लोबल बर्डन अफ डिजीज स्टडी २०१६, इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएशन

यो क्याल्कुलेटरले कसरी काम गर्छ?

यो क्याल्कुलेटरमा औसत आयु गणनाका लागि 'ग्लोबल बर्डन अफ डिजीज स्टडी २०१६' मा प्रकाशित तथ्याङ्क प्रयोग गरिएको छ।

आफ्नो उमेर, लिङ्ग र देशका आधारमा व्यक्ति औसतमा जति बाँच्न सक्छ त्यो उसको आयु हो।

उपरोक्त अध्ययनमा भिन्न उमेर समूहहरूमा रहेको मृत्युदरलाई आधार मानेर प्रत्येक देशको औसत आयु गणना गरिएको छ।

फरक उमेरका व्यक्तिका लागि औसत आयु फरक हुनसक्छ किनभने आयु गणना गर्दा निश्चित उमेर पुगेपछि त्यो व्यक्ति कति बाँच्न सक्छ भनेर हेरिन्छ।

आयु

उदाहरणका लागि सन् २०१६ मा मेक्सिकोमा जन्मिएकी बालिका ७९ वर्षसम्म बाँच्ने अपेक्षा गरिन्छ भने ६५ वर्षे महिलाका लागि औसत आयु ८४ वर्ष हो।

'बाँकी जीवनको कति वर्ष तपाईँ स्वस्थ रहनुहुन्छ' गणना गर्न व्यक्ति राम्रो स्वास्थ्यसहित कति वर्ष बाँच्ने सम्भावना रहन्छ त्यो हेरिन्छ। यसल बाँकी आयुको प्रतिशतका रूपमा देखाइन्छ।

व्यक्तिको बाँकी जीवनमा मृत्यु र अपाङ्गताको दर स्थिर रहेको मानेर परिणाम देखाइन्छ।

रोचक भिडिओ

  • इरानको साउथ पार्स ग्यास फील्डमा आक्रमण
  • इराकस्थित अमेरिकी दूतावासलाई लक्षित गर्दै ड्रोन तथा रकेट आक्रमण
  • खार्ग टापु इरान
  • घाम ताप्दै लीमर
  • इरानको अन्तरिक्ष अनुसन्धान केन्द्र परिसरमा इजरेली आक्रमण
  • दुबई विमानस्थलनजिक धूवाँ र आगो
  • इरानी क्षेप्यास्त्र प्रहारबाट इजरेलमा क्षति तथा चोटपटकका घटना
  • खनिज तेलको विभिन्‍न प्रयोग
  • स्ट्रेट अफ होर्मुज
  • अवैध रूपमा ओसारपसार गरिन लागेका 'मून बेअर'का बच्चाको उद्धार
  • खाडी क्षेत्रमा आक्रमणपछि ट्याङ्करमा आगजनी
  • भेप पसलमा आगलागी हुँदा भिक्टोरियाकालीन भवनमा क्षति
  • नयाँ सांसदबाट ‘जेन जी’ युवाका अपेक्षा
  • विज्ञानराज शर्मा
  • जेन जी आन्दोलनको प्रतिवेदन

धेरै रुचाइएको

Trending Now