तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथा आरोहण: यी पर्वतारोही पशुबाट उत्पादित कुनै सामग्री प्रयोग गर्दैनन्
विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने धेरैको सपना हुन्छ। कीर्तिमान बनाउन पर्वतारोहीहरूले विभिन्न शैली अवलम्बन गरेका हुन्छन्।
कुन्तल जोइसरको पनि छुट्टै शैली छ।
भारतमा ३९ वर्षअघि जन्मिएका उनी 'भीगन' आहार र सामग्री प्रयोग गरेर सगरमाथा चढ्ने प्रयासमा छन्। अर्थात् सगरमाथा अभियानमा उनले पशुपक्षीबाट उत्पादित कुनै सामान प्रयोग गर्नेछैनन्।
उनी विगत १७ वर्षदेखि शाकाहारमा छन्।
जोइसरले यसअघि सन् २०१६ मा नेपाली मोहडाबाट सगरमाथा चढेका थिए। पशुपक्षीको छाला, प्वाँख वा रौँबाट बनेका सामग्री प्रयोग गर्नुपरेकाले आफू सन्तुष्ट हुन नसकेको उनी बताउँछन्।
त्यति बेला ठूला आरोहणसम्बन्धी कम्पनीलाई समेत आग्रह गर्दा पनि पर्वतारोहण गर्दा लाउने 'सुट' पशुपक्षीका छाला, रौँ वा प्वाँख प्रयोग नगरी बनाउन नसकिएको उनी बताउँछन्।
तर यस पटक उनी इटालीको कम्पनीले बनाएको विशेष पोसाक लगाएर सगरमाथा चढ्ने तयारीका साथ पथप्रदर्शक मिङ्मा तेन्जी शेर्पासहित सगरमाथा आधारशिविर पुगेका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि