तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आत्महत्या रोकथाम गर्न डा. ओझाले देखेका उपाय
अन्य देशमा जस्तै नेपालमा पनि आत्महत्या जनस्वास्थ्यको प्रमुख चुनौती र समस्या मानिन्छ।
प्रहरीको तथ्याङ्कले नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या वर्षेनी बढ्दै गएको देखाउँछ।
आर्थिक वर्ष २०७३/७४ मा पाँच हजारको हाराहारीमा रहेको आत्महत्या गर्नेको सङ्ख्या त्यसपछिको वर्षमा तीन सय थपियो।
जोखिममा को?
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा त त्यो सङ्ख्या बढेर पाँच हजार ७८५ पुग्यो। अर्थात् नेपालमा दैनिक सरदर १६ जनाले आत्महत्या गर्छन्।
अनुसन्धानकर्ताहरूका अनुसार आत्महत्याको बढी जोखिममा युवा र किशोरकिशोरी हुन्छन्।
एउटा व्यक्ति आत्महत्या गर्ने स्थितिमा पुग्नुको कारण र उसलाई त्यसो गर्नबाट जोगाउने उपाय के हुन सक्छन्?
साप्ताहिक नेपाल सन्दर्भमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक डा. सरोजप्रसाद ओझासँग गरिएको कुराकानी सुन्नुहोस्।