तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: भारतमा झन्डै ६ हजार सङ्क्रमित, ठाउँठाउँमा ‘सील’
भारतमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणको कुल ५८६५ मामिला देखा परिसकेका छन्।
त्यहाँ कोभिड-१९ले १६९ जनाको ज्यान गइसकेको छ भने ४७८ जना निको भइसकेका छन्।
सबभन्दा धेरै सङ्क्रमित पश्चिमी राज्य महाराष्ट्रमा देखिएका छन् जहाँ ११ सयभन्दा धेरै सङ्क्रमित भइसके। त्यसपछि तमिलनाडुमा ७ सयभन्दा धेरै र दिल्लीमा करिब साढे ६ सय सङ्क्रमित छन्।
नेपालसँग सिमाना जोडिएका बिहारमा ३९ जना, पश्चिम बङ्गालमा १ सयभन्दा धेरै र उत्तराखण्डमा ३५ जना सङ्क्रमित भएको जनाइएको छ।
धेरै सङ्क्रमित देखिएका 'हटस्पट'मा 'सील'
भारतभरि मार्च २४ देखि 'लकडाउन' वा आवतजावतमा बन्देज लगाइएको छ।
तर यसबीच केही ठाउँमा सङ्क्रमण तीव्र विस्तार भएपछि ती ठाउँलाई स्थानीय रूपमा 'सील' गरिएको छ।
खासगरी दिल्ली र उत्तर प्रदेशका कतिपय 'हटस्पट' भनिएका त्यस्ता धेरै सङ्क्रमित भएको स्थानहरूलाई आवतजावतमा पूर्णतया: बन्देज लगाउने गरि सुरक्षाकर्मी खटाएर 'सील' गरिएका छन्।
दिल्लीमा झन्डै दुई दर्जन ठाउँ त्यसरी 'सील' गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन्।
नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा कोरोनाभाइरस सङ्क्रमणले सबभन्दा धेरै प्रभावित १५ जिल्लाका १०४ 'हटस्पट'लाई पूर्ण रूपमा 'सील' गरिने निर्णय भएको छ।
त्यसरी 'सील' गरेर ती ठाउँमा फैलिएका सङ्क्रमणलाई अन्यत्र विस्तार हुन नदिइने बताइएको छ।
अर्थतन्त्र स्वाहा हुने डर
कोरोनाभाइरस सङ्क्रमणका कारण आर्थिक गतिविधिमा लगाइएका बन्देजका कारण विश्वका अग्रणी अर्थतन्त्रहरू धरमराइरहेका छन्।
यसको प्रभावले संसारमा डेढ अर्ब मानिस बेरोजगार हुने चिन्ता अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्त गरेको छ।
विश्वको छैटौँ ठूलो अर्थतन्त्र भारतको हालतपनि चिन्ताजनक बनेको छ।
त्यहाँ कतिपय विज्ञहरूले भारतले गत तीन दशकमा हासिल गरेका आर्थिक प्रगति निमिट्यान्न हुनसक्ने चेतावनी दिएका छन्।
अर्थात् करोडौँ मानिस फेरि गरिबीको रेखामुनि धकेलिन सक्छन्। गरिब किसान तथा मजदुरको खल्तीमा पैसा हुने छैन भने मध्यम वर्गका लाखौँ मानिस या त बेरोजगार हुन या त कम तलब थाप्न बाध्य हुनेछन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ