तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: कोभिड-१९ भएकी गर्भवतीको शल्यक्रिया गर्ने चिकित्सक के भन्छन्?
बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोनाभाइरस सङ्क्रमण भएकी एक महिलाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ।
अछाम घर भएकी २५ वर्षीया महिलाको ठूलो आन्द्राको आकस्मिक रूपमा शल्यक्रिया गर्नुपरेको चिकित्सक डा. प्रदीप थापाले बताएका छन्। उनी भारतको मुम्बईबट फर्किएकी र १८ हप्ताकी गर्भवती हुन्।
स्थानीय अस्पतालमा स्वास्थ्य अवस्था बिग्रिएपछि महिलालाई हेलिकप्टरबाट कोहलपुर ल्याइनुअगाडि नै आफूहरू कोरोनाभाइरस सङ्क्रमित बिरामीको उपचारका लागि भौतिक तथा मानसिक रूपमा तयार बनेको डा. थापाले बताए।
चुनौतीबीच शल्यक्रिया गरिएको नौलो अनुभव सुनाउँदै थापाले हाल उपचारमा संलग्न सबै क्वारन्टीनमा रहेको जनाएका छन्।
डा. थापासँग गरिएको कुराकानीका आधारमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि