तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस भारतः महामारीले निम्त्याएको दुरवस्था चित्रण गर्ने केही तस्बिर
भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेकाले राजधानी दिल्ली र देशका अन्य स्थानका अस्पतालहरूमा बिरामीको चाप बढेको छ। बिरामी राख्ने शय्या र मेडिकल अक्सिजनको चरम अभाव भएकाले अस्पतालहरूले भर्ना गर्न पनि सकिरहेका छैनन्।
शय्या पाइहालिएको अवस्थामा पनि अक्सिजन दिने उपकरण जडित एम्बुलेन्सको अभावका कारण बिरामीलाई अस्पताल लैजान समस्या पर्न थालेको छ।
दिल्लीमा कृत्रिम अक्सिजन नपाएर बिरामीहरू मर्न थालेका छन्। त्यहाँको अवस्था निकै गम्भीर देखिएको छ।
धेरै अस्पतालहरू भरिएका र स्वास्थ्यकर्मीहरू थाकेकाले बिरामीहरूलाई भर्ना लिन नसक्ने अवस्थामा छन्।
अन्तिम संस्कार गर्न पनि कठिन
शवदाहगृह र समाधिस्थलहरूमा खिचिएका तस्बिरले महामारी कति घातक छ भन्ने चित्रण गर्छन्।
कोभिडका कारण ज्यान गुमाउने मानिसका शोकाकुल परिवारले अन्तिम संस्कारका लागि घण्टौँ पालो कुर्नुपरेको छ।
मृतकको सङ्ख्या बढेकाले सामूहिक अन्तिम संस्कार गर्ने क्रम पनि बढेको छ।
विभिन्न सहरमा मृत्यु भएका मानिसको सरकारी तथ्याङ्कलाई स्थानीय पत्रकारले चुनौती दिएका छन्।
उनीहरूका अनुसार केही स्थानमा मृतकको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा १० गुना भएको आकलन गरिएको छ।
सुरत सहरमा बिनाविश्राम सञ्चालित एउटा शवदाहगृहको चिम्नी पग्लिन थालेको गत साता बीबीसी गुजरातीले जनाएको थियो।
सबै तस्बिरको सर्वाधिकार सुरक्षित