एमसीसी नेपाल: झलनाथ खनाललाई प्रश्न - के व्याख्यात्मक घोषणाले राष्ट्रघातको दाग धोएको हो?

खासगरी सत्तारूढ दलहरूकै नेताहरूले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई राष्ट्रघाती र संविधानविरुद्ध रहेको धारणा जोडतोडले उठाए।

तर तिनै दलको समर्थनमा एमसीसी सम्झौता संसद्‌बाट पारित भयो। त्यस्तो प्रष्ट विरोधाभास प्रवाह गर्ने मुख्य दुई दल थिए- नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)।

एमसीसी अनुमोदन गरेपछि माओवादी केन्द्रको बैठक बस्यो, तर त्यसबारे जेठपछि छलफल गर्ने निर्णय उक्त पार्टीले गरेको छ।

एमसीसीविरुद्ध जनमत बनाउन लागिपरेका उक्त दलका नेताहरू करिबकरिब मौन छन्।

त्यस्तै विरोध र असन्तुष्टि देखा परेको पार्टी एकीकृत समाजवादीको बैठक पनि सुरु भएको छ।

उक्त पार्टीका नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल त एमसीसीमा राष्ट्रघाती प्रावधान रहेको भन्दै त्यो प्रतिनिधिसभामा टेबुल समेत गर्न नमिल्ने तर्क गर्दै आएका थिए।

बीबीसी नेपाली सेवाको साप्ताहिक 'नेपाल सन्दर्भ'का लागि २५ फागुनमा उनै नेता खनालसँग गरिएको कुराकानी सुन्नुहोस्।

अनि यो पनि