तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचन: ‘प्रधानमन्त्रीमा मेरो दाबी कांग्रेसका प्रत्येक सांसदको परीक्षा हो’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री बन्न संसदीय दलको नेतामा उठ्दा आफूलाई भोट नदिनु परिवर्तनको वेग रोक्ने प्रयास हुने बताएका छन्।
"सांसद बनेर गइसकेपछि प्रधानमन्त्री बन्नका लागि मैलै संसदीय दलको नेता बन्नु पर्यो। त्यो मेरो मात्र हैन प्रत्येक सांसदको पनि परीक्षा हो," नेता थापाले बीबीसी न्यूज नेपालीलाई बताए।
आसन्न निर्वाचनका लागि काठमाण्डूको क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका कांग्रेसका महामन्त्री थापाले सही राजनीतिक संस्कार र नेताहरूको क्षमता नभएका कारण देशमा स्थिरता नआएको स्विकारेका छन्।
"जुनै पार्टीहरूले पनि आफूले पाएको बहुमत थेग्न सकेनन् र त्यही कारणले गर्दा अहिलेको राजनीतिक अस्थिरता आएको हो," उनले भने।
महामन्त्री थापाले सत्ता पक्षीय चुनावी गठबन्धनभित्रका पार्टीहरूको भोट एक-अर्कालाई नजाने जोखिम घटेको पनि बताए।
चुनावी गठबन्धन र आफूले प्रधानमन्त्रीका लागि गरेको दाबी बारे उनी के भन्छन्?
हेर्नुस् सृजना श्रेष्ठ र विजय गजमेरले बनाएको यो भिडिओ।