बम हमलाबाट ध्वस्त भवनहरूको अवशेषमा बसेर बाजा बजाउँछन् यी लेबननी सङ्गीतकार

बम हमलाबाट ध्वस्त भवनहरूको अवशेषमा बसेर बाजा बजाउँछन् यी लेबननी सङ्गीतकार

माहदी साहेली लेबननको राजधानी बेरुतमा इजरेली हमलाबाट ध्वस्त भवनहरूको अवशेषमाथि बसेर 'चेलो' बजाउँछन्।

सङ्गीतको माध्यमबाट उनी युद्धको खेप्न बाध्य बेरुत फेरि पुरानै अवस्थामा फर्किन सक्छ भन्ने सन्देश दिन सकिने ठान्छन्।

इरानविरुद्ध अमेरिका र इजरेलले युद्ध सुरु गरेपछि इजरेली सेनाले लेबननस्थित लडाकु समूह हिज्बुल्लाहलाई निसाना बनाउँदै सैन्य कारबाही थालेको छ। इजरेली हवाई हमलामा परी लेबननमा १,००० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको लेबननी अधिकारीहरूले बताएका छन्।

साहेलीले पाश्चात्य परम्परागत शैलीको वाद्ययन्त्र 'चेलो'बारे अध्ययन गरेका छन्। उनी सर्वसाधारण मानिसका लागि सङ्गीत सिर्जना गर्नु आफ्नो रुचि भएको बताउँछन्।

बीबीसीसँग कुरा गर्दै उनले भने, "बेरुत कठिन परिस्थितिबाट गुज्रिँदै गर्दा सडकमा 'चेलो' बजाएर मानिसहरूमा आशा र आत्मीयता अनि हामी सबै मानव हौँ भन्ने भावना फेरि जागृत गराउन सकिन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।