तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
"ट्रम्पले गोप्य रूपमा रकम तिर्न निर्देशन दिएका हुन्": कोहेन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दुई पूर्व सहयोगीहरू मुछिएका फौजदारी मुद्दाका कारण अहिले उनको राष्ट्रपतीय कार्यकालमाथि कालो बादल मडारिएको अनुभव गरिँदै छ।
न्यूयोर्कमा उनका पूर्व वकिल माइकल कोहेनले कर र ब्याङ्कमा अपचलन गरेको स्वीकार गरेका छन्।
उनले चुनाव प्रचारको बेला वयस्क चलचित्रकी नायिका स्टोर्मी ड्यानियल्सलाई रकम तिरेको पनि स्वीकार गरेका छन्। ड्यानियल्सले राष्ट्रपति डोनल्ड ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको बताउने गरेकी छन्।
कोहेनले ट्रम्पले "गोप्य रूपमा रकम तिर्न निर्देशन दिएको" बताएका छन्।
दोस्रो मुद्दामा भर्जिनियामा एक जुरीले ट्रम्पका पूर्व चुनाव प्रचार संयोजक पल मानाफोर्टले पनि कर र ब्याङ्क अपचलनसम्बन्धी आठवटा मुद्दामा आफूले कसुर गरेको स्वीकार गरेका छन्।
'विस्फोटक खबर'
बीबीसीका उत्तर अमेरिका सम्पादक जन सपेल भन्छन्, "दुई मिनेटको अन्तरालमा न्यूयोर्कको संघीय अदालत र एलेक्जेन्ड्रियास्थित भर्जिनियाको अदालतले विस्फोटक खबर दिएका हुन्।"
सपेल भन्छन् डोनल्ड ट्रम्प वेस्ट भर्जिनिया जानका लागि विमान चढ्दै गर्दा ती खबर आएका थिए।
"उडान सकेर उत्रिएपछि बोल्दै उनले मानाफोर्टको विषयमा आफू दु:खी भएको बताए। तर कोहेनको बारेमा उनले केही भनेनन्।"
मानाफोर्टले गैरकानुनी रूपमा रकम तिरेको आरोप छ।
उनले कतिपय अवस्थामा ट्रम्पको निर्देशनमा रकम तिरेको संकेत गरेका छन्।
मानाफोर्ट दोषी प्रमाणित भएमा उनलाई कैद सजाय हुन सक्ने बताइएको छ।