इन्डोनेशिया सुनामीः छालले जब रङ्गमञ्चलाई तहसनहस पार्‍यो

पढ्ने समय: २ मिनेट

इन्डोनेशियामा सुनामी आएका बेला आङ जिरिङ्ग गराउने एउटा घटना प्रकाशमा आएको छ।

सुनामी

तस्बिर स्रोत, INSTAGRAM/SEVENTEENBANDID

शनिवार राति सुनामी आएका बेला साङ्गीतिक प्रस्तुति गरिरहँदा 'रक ब्यान्ड सेभेन्टीन' का सदस्यहरूलाई छालले बगाएर लग्यो।

सुनामीबारे इन्डोनेशियाली अधिकारीहरूले कुनै पूर्वचेतावनी जारी नगरेकाले मानिसहरू निश्चिन्त थिए।

कार्यक्रम हेर्न दुई सयजना उपस्थित थिए। तीव्र गतिको छाल आउँदा साङ्गीतिक समूहको धुन 'चित्कार'मा परिणत भएजस्तो भयो।

साङ्गीतिक समूहमा गितार बजाउने दुई जना र एक 'रोड म्यानेजर' को ज्यान गयो।

समूहमा ड्रम बजाउने एक जना हराइरहेका छन्। साङ्गीतिक समूहका प्रमुख गायकले इन्स्टाग्राममा आङ जिरिङ्ग गराउने घटनाको चर्चा गरेका छन्।

यो Instagram पोस्ट छोड्नुहोस्, 1
Instagram को सामग्रीलाई अनुमति छ?

यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

Instagram पोस्ट समाप्त, 1

गायक रिफियान फजार्सयाहले लेखेका छन्, "हामीले बनी र ओकी विजायालाई गुमाइसकेका छौँ।"

रिफियानले इन्स्टाग्राममा एउटा भिडिओ पोस्ट गरेका छन् र घटनाबारे भन्दै उनी रोइरहेका छन्।

उनले भनेका छन्, "कृपया मेरी श्रीमती डिलन, गितारवादक हर्मन, ड्रम बजाउने एन्डी र क्रु उजङ फेला परून् भनी प्रार्थना गर्नुहोस्।"

त्यसको एक दिनपछि रिफियानले इन्स्टाग्राममा अर्को तस्बिर पोस्ट गरे, जसमा उनले हर्मन र उजङ मृत फेला परेको बताएका छन्।

तस्बिरको क्याप्शनमा उनले हर्मन र उजङका आत्माले शान्ति पाऊन् भनी लेखेका छन्।

रिफियानले लेखेका छन्, "एन्डी तिमी छिट्टै आऊ, म एकदमै एक्लो भएको छु।"

रिफियानकी श्रीमती डिलन सहारा अझै हराइरहेकी छन्। रिफियानले लेखेका छन्, "आज तिम्रो जन्मदिन हो। म तिमीलाई शुभकामना दिन चाहन्छु। छिट्टै आऊ न प्रिय, म तिमीलाई हेर्न चाहन्छु।"

यो Instagram पोस्ट छोड्नुहोस्, 2
Instagram को सामग्रीलाई अनुमति छ?

यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

Instagram पोस्ट समाप्त, 2

सो साङ्गीतिक समूहका कतिपय सदस्यले घटनाबारे अनुभव बाँडेका छन्। समूहका अर्का सदस्य ज्याकले पानीमुनि आफूले गरेको सङ्घर्षबारे इन्स्टाग्राममा लेखेका छन्।

मञ्चलाई समातेर आफ्नो ज्यान जोगाएको उनले लेखेका छन्। सो साङ्गीतिक समूहका सदस्यहरू इन्डोनेशियाका कैयौँ लोकप्रिय रक सङ्गीतमा देखिसकेका छन्।

शनिवार सो समूहले जाभास्थित एउटा समुद्री तटमा कार्यक्रम गरिरहँदा सुनामी आएको थियो। एउटा फर्मले कार्यक्रमको आयोजना गराएको थियो।

वर्षको अन्त्यतिर कर्मचारीका लागि आयोजित कार्यक्रममा साङ्गीतिक समूहलाई निम्त्याइएको थियो।

सो फर्मका २९ जना कर्मचारी र उनीहरूका आफन्तले सुनामीमा ज्यान गुमाएका छन्। सुनामीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या पौने तीन सय नाघेको छ।