तस्बिरहरू: अमेरिकी संसद्‌भित्र प्रदर्शनकारी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थनमा प्रदर्शनकारीहरू संसद् भवनमा प्रवेश गरेका छन्।

प्रदर्शनकारीको प्रवेशपछि संसद्को कारबाही बन्द भएको र सुरक्षाकर्मीले सांसदहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिनुपरेको थियो।

जो बाइडनको विजयलाई औपचारिकता दिन संसद्को बैठक डाकिएको थियो।

प्रदर्शनकारीहरू पसेपछि संसद् भवन क्यापिटलमा के भयो? हेर्नुहोस् तस्बिरमा:

सबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।