तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रुस-अमेरिका सम्बन्ध 'खराब' अवस्थामा
रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले अमेरिकासंग उनको देशको सम्बन्ध शीत युद्धकालिन सोभियत नेता लियोनिद ब्रेजनेभकोपालायता कै सबभन्दा खराब अवस्थामा पुगेको बताएका छन्।
उनले अमेरिकी नेताहरुले 'रुसी कार्ड' खेलेर राष्ट्रपतिलाई प्रभाव पार्न खोजेको पनि आरोप लगाए।
एक रुसी टेलिभिजनलाई अन्तर्वार्ता दिंदै मेदभेदेभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक मित्रता गाँस्न चाहने व्यक्ति भएको र समस्या उनीसंगको सम्बन्धलाई लिएर नभएको बताए।
तर उनले अमेरिकामा रुसी विषयलाई उचालेर अमेरिकी नेताहरुले आ-आफ्नै कारणले राष्ट्रपतिलाई प्रभाव पार्ने खोजेको आरोप लगाए।
आरोप
यसैबीच रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले उत्तर कोरियालाई उसको परमाणु क्षेप्यास्त्र कार्यक्रम अघि बढाउन उक्साउने काममा अमेरिका लागेको आरोप लगाएका छन्।
संयुक्त राष्ट्रसंघका निम्ति अमेरिकी राजदूतले उत्तर कोरियासंग सम्बन्ध विच्छेद गर्न गरेको आग्रहलाई उनले अस्वीकार गरिदिए।
रुस ठान्छ, आर्थिक प्रतिबन्धहरुले उत्तर कोरियालाई मनाउन सघाउने काम गर्दैन।
उसले सो समस्या समाधानका निम्ति वार्तामा जोड दिंदै आएको छ।