हेलिकप्टर चढेर काममा जान थालेपछि इमरान खानको आलोचना

इमरान खान

तस्बिर स्रोत, Reuters

पढ्ने समय: २ मिनेट

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानको यात्रा गर्ने शैलीबारे अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।

उनले आफ्नो निजी निवासबाट १५ किलोमिटर पर रहेको प्रधानमन्त्री कार्यालय जान हेलिकप्टर प्रयोग गर्न थालेका छन्।

कर्मचारीतन्त्र र नेताहरूलाई मितव्ययी बनाउन गरेको वाचासँग यो महँगो तरिका अमिल्दो रहेको भन्दै धेरैले खानको आलोचना गरेका छन्।

सूचनामन्त्री फवाद चौधरीले प्रधानमन्त्री खानको प्रतिरक्षामा गरेको टिप्पणीको पनि सामाजिक सञ्जालमा खिसी गरिएको छ।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले हेलिकप्टर प्रयोग महँगो नभएको र प्रतिकिलोमिटर जम्मा ५५ रुपैयाँ पर्ने दाबी गरेका थिए।

उनले खर्चको त्यस्तो हिसाब किताब गुगलमा देखेको बताएका थिए।

हेलिकप्टरको प्रयोग त्यति सस्तो हुन्छ भनेर मानिसहरूले पत्याएनन्।

सोमवारदेखि #Helicopter लेखेर मन्त्री चौधरीको दाबीको खिसी गर्दै हजारौँ ट्वीटहरू गरिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

खर्च कति लाग्छ त?

सूचनामन्त्रीको आलोचना युक्तिसङ्गत छ कि छैन होला?

संक्षिप्त उत्तर दिनुपर्दा - हो, छ।

बीबीसी उर्दूले गरेको खोजका अनुसार खानले प्रयोग गर्ने अगस्टा वेस्ट्ल्यान्ड एडब्ल्यू१३९ हेलिकप्टरलाई प्रतिकिलोमिटर चाहिने इन्धनको १३ डलर अर्थात् १६ सय पाकिस्तानी रुपैयाँ पर्छ।

यो रकम चौधरीले दाबी गरेको भन्दा कैयौँ गुणा धेरै हो। फेरि यो सामान्य गणनामा हेलिकप्टर प्रयोग गर्दा हुने अन्य खर्च संलग्न गरिएको छैन।

अगस्ट हेलिकप्टर

तस्बिर स्रोत, Government of Pakistan

प्रधानमन्त्री खानको यातायात खर्चबारे उनका समर्थकहरूले भने विभिन्न तर्क गरेका छन्।

सुरक्षाको दृष्टिकोणबाट हेलिकप्टर प्रयोग उपयुक्त रहेको बेहोराको यो ट्वीट धेरैले शेअर गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

मन्त्री चौधरीले भनेका थिए, "हामीसँग प्रधानमन्त्रीको यात्राका लागि दुईवटा विकल्प थिए - ट्राफिक अवरोध गराउने गरी गाडीको लस्करबाट वा हेलिकप्टरबाट।"

भीआईपी संस्कार र सुरक्षा विधिबीच यही फरक रहेको उनको भनाइ थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, क्रिकेटका नायकबाट राजनीतिज्ञ: इमरान खानको यात्रा