तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तालिबानद्वारा तीन वर्षदेखि बन्धक बनाइएका दुईजना विदेशी मुक्त
सरकारसँग भएको बन्दी आदानप्रदान सहमतिपछि अफगान तालिबानले तीन वर्षभन्दा बढी समयसम्म नियन्त्रणमा लिएका दुईजना विदेशी बन्धकहरूलाई मुक्त गरिदिएको छ।
ती पश्चिमा देशका बन्धकहरूलाई मुक्त गरिएको अधिकारीहरू र तालिबान स्रोतले जनाएको हो।
काबुलमा मुक्त गरिएका तीन वरिष्ठ तालिबान कमान्डरहरू कतार पुगेको पुष्टि भएपछि अमेरिकी केभिन किङ्ग र अस्ट्रेलियाली टिमोथी विक्स मुक्त भएका हुन्।
काबुलस्थित अमेरिकी विश्वविद्यालयका प्रोफेसर रहेका ती दुईलाई तीन वर्षअघि बन्दुक देखाएर अपहरण गरिएको थियो।
विश्लेषकहरूका अनुसार यो बन्दी आदानप्रदानलाई तालिबान विद्रोही र अफगान सरकारबीच वार्ता खुलाउने दिशामा सकारात्मक पाइलाको रूपमा हेरिएको छ।
यसअघि राष्ट्रपति असरफ गनी र तालिबानले बन्दी आदानप्रदान अस्वीकार गरिरहेका थिए।
राष्ट्रपति गनीले गत साता उक्त निर्णय एउटा "धेरै कठिन तर महत्त्वपूर्ण" र "मानवीयताको आधारमा चालिएको कदम" भनेका थिए।