सन् २०१९ का २५ उत्कृष्ट तस्बिर

यो वर्ष विश्वभरि विभिन्न समाचारसंस्थाका फोटोपत्रकारहरूले खिचेका केही तस्बिरहरू।

फेब्रुअरीमा अस्ट्रेलियाको लाउथमा भेडालाई चारा दिँदै एक किसान। पूर्वी अस्ट्रेलियाको ठूलो भागमा परेको सुक्खाले किसानहरू प्रभावित भए।

तस्बिर स्रोत, Mark Evans / Getty Images

तस्बिरको क्याप्शन, फेब्रुअरीमा अस्ट्रेलियाको लाउथमा भेडालाई चारा दिँदै एक किसान। पूर्वी अस्ट्रेलियाको ठूलो भागमा महिनौँ परेको सुक्खाले किसानहरू प्रभावित भए।
फेब्रुअरीमा भारतको महाराष्ट्रको जेजुरीस्थित खण्डोबा मन्दिरमा सोमवती अमावस्याका उपलक्ष्यमा आयोजित जात्रामा बेसार छर्दै भक्तजनहरू।

तस्बिर स्रोत, Danish Siddiqui / reuters

तस्बिरको क्याप्शन, फेब्रुअरीमा भारतको महाराष्ट्रको जेजुरीस्थित खण्डोबा मन्दिरमा सोमवती अमावस्याका उपलक्ष्यमा आयोजित जात्रामा बेसार छर्दै भक्तजनहरू।
समुद्री आँधी इडाईबाट प्रभावित मोजाम्बिकको बुजीमा दुई बालिका। मार्च १४ मा उक्त आँधीले मोजाम्बिकको तटमा प्रहार गर्दा ठूलो धनजनको क्षति भएको थियो। आँधीको मार्गमा पर्ने मोजाम्बिक, मलावी र जिम्बाब्वेका विभिन्न स्थानमा लाखौँ मानिसहरू प्रभावित भएका थिए।

तस्बिर स्रोत, Yasuyoshi Chiba / AFP

तस्बिरको क्याप्शन, समुद्री आँधी इडाईबाट प्रभावित मोजाम्बिकको बुजीमा दुई बालिका। मार्च १४ मा उक्त आँधीले मोजाम्बिकको तटमा प्रहार गर्दा ठूलो धनजनको क्षति भएको थियो। आँधीको मार्गमा पर्ने मोजाम्बिक, मलावी र जिम्बाब्वेका विभिन्न स्थानमा लाखौँ मानिसहरू प्रभावित भएका थिए।
न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्न वेलिङ्टनस्थित एउटा मस्जिदबाहिर एक महिलालाई अङ्कमाल गर्दै। क्राइस्टचर्चस्थित दुई मस्जिदमा मार्च १५ मा एक अतिवादी हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा ५० जनाको मृत्यु भएको थियो।

तस्बिर स्रोत, Hagen Hopkins / Getty Images

तस्बिरको क्याप्शन, न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्न वेलिङ्टनस्थित एउटा मस्जिदबाहिर एक महिलालाई अङ्कमाल गर्दै। क्राइस्टचर्चस्थित दुई मस्जिदमा मार्च १५ मा एक अतिवादी हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा ५० जनाको मृत्यु भएको थियो।
इराकको आक्रेमा नौरोजको उत्सव मनाउँदै कुर्द परिवारहरू। मार्च महिनामा पर्ने नौरोज पारसी नववर्ष हो। सूर्य विषुवत्‌रेखामा पर्ने हुँदा उक्त दिन रात र दिन बराबर हुन्छन्। मध्य तथा पश्चिम एशियामा प्राचीन कालदेखि नै उक्त पर्व मनाइँदै आएको छ।

तस्बिर स्रोत, Micah Garen / Getty Images

तस्बिरको क्याप्शन, इराकको आक्रेमा नौरोजको उत्सव मनाउँदै कुर्द परिवारहरू। मार्च महिनामा पर्ने नौरोज पारसी नववर्ष हो। सूर्य विषुवत्‌रेखामा पर्ने हुँदा उक्त दिन रात र दिन बराबर हुन्छन्। मध्य तथा पश्चिम एशियामा प्राचीन कालदेखि नै उक्त पर्व मनाइँदै आएको छ।
निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोन एप्रिलमा टोकियोस्थित एउटा थुनुवाघरबाट बाहिर निस्किँदै। उनी आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका थिए। उनले जापान सरकारले आफूविरुद्ध षड्यन्त्र गरेको दाबी गरेका थिए।

तस्बिर स्रोत, Behrouz Mehri / AFP

तस्बिरको क्याप्शन, निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोन एप्रिलमा टोकियोस्थित एउटा थुनुवाघरबाट बाहिर निस्किँदै। उनी आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका थिए। उनले जापान सरकारले आफूविरुद्ध षड्यन्त्र गरेको दाबी गरेका थिए।
जुन महिनामा न्यूयोर्कस्थित एउटा उद्यानमा चुम्बन गर्दै एक समलिङ्गी जोडी। न्यूयोर्कमा यो वर्ष मार्च ३० निकालिएको प्राईड परेडमा हजारौँ मानिसहरू सहभागी भएका थिए।

तस्बिर स्रोत, Drew Angerer / Getty Images

तस्बिरको क्याप्शन, जुन महिनामा न्यूयोर्कस्थित एउटा उद्यानमा चुम्बन गर्दै एक समलिङ्गी जोडी। न्यूयोर्कमा यो वर्ष मार्च ३० मा निकालिएको प्राईड परेडमा हजारौँ मानिसहरू सहभागी भएका थिए।
एप्रिल १५ मा प्यारिसस्थित नोड्र-डाम गिर्जाघरमा आगो लाग्दाको दृश्यले। आगोले ठूलो क्षति पुर्‍याएपछि फ्रान्सका राष्ट्रपतिले पाँच वर्षभित्र उक्त प्राचीन स्थलको पुनर्निर्माण गरिने घोषणा गरेका छन्।

तस्बिर स्रोत, Geoffroy Van Der Hasselt / AFP

तस्बिरको क्याप्शन, एप्रिल १५ मा प्यारिसस्थित नोड्र-डाम गिर्जाघरमा आगो लाग्दाको दृश्य। आगोले ठूलो क्षति पुर्‍याएपछि फ्रान्सका राष्ट्रपतिले पाँच वर्षभित्र उक्त प्राचीन स्थलको पुनर्निर्माण गरिने घोषणा गरेका छन्।
एप्रिल २३ मा श्रीलङ्काको निगम्बोस्थित एउटा गिर्जाघरबाट सामूहिक अन्तिम संस्कारका लागि शवपेटिकाहरू लगिँदै। ईस्टर पर्वको दिन श्रीलङ्काका विभिन्न स्थानमा आतङ्ककारी बम विस्फोटन हुँदा कम्तीमा २५० जनाको मृत्यु भएको थियो।

तस्बिर स्रोत, Carl Court / Getty Images

तस्बिरको क्याप्शन, एप्रिल २३ मा श्रीलङ्काको निगम्बोस्थित एउटा गिर्जाघरबाट सामूहिक अन्तिम संस्कारका लागि शवपेटिकाहरू लगिँदै। ईस्टर पर्वको दिन श्रीलङ्काका विभिन्न स्थानमा आतङ्ककारी बम विस्फोटन हुँदा कम्तीमा २५० जनाको मृत्यु भएको थियो।
सुडानका तत्कालीन राष्ट्रपति ओमार अल‍-बशिरविरुद्ध एप्रिल महिनामा विरोधप्रदर्शनका क्रममा २२ वर्षीया छात्रा अला सलाह नारा लगाउँदै। उनको भिडिओ निकै चर्चित भएको थियो।

तस्बिर स्रोत, Courtesy Lana H Haroun

तस्बिरको क्याप्शन, सुडानका तत्कालीन राष्ट्रपति ओमार अल‍-बशिरविरुद्ध एप्रिल महिनामा विरोधप्रदर्शनका क्रममा २२ वर्षीया छात्रा अला सलाह नारा लगाउँदै। उनको भिडिओ निकै चर्चित भएको थियो।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङ-अनलाई जुन ३० मा दुई कोरियाबीचको सीमामा भेट्दै। किमले ट्रम्पसँग त्यो स्थानमा भेट होला भनेर नसोचेको बताएका थिए। त्यसपछि ट्रम्प किमसँगै उत्तर कोरियाली भूमिमा प्रवेश गरेका थिए।

तस्बिर स्रोत, Kevin Lamarque / Reuters

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङ-अन जुन ३० मा दुई कोरियाबीचको सीमामा भेट्दै। किमले ट्रम्पसँग त्यो स्थानमा भेट होला भनेर आफूले नसोचेको बताएका थिए। दक्षिण कोरियाबाट उत्तर कोरियाली भूमिमा प्रवेश गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन्।
कोलम्बियामा जुन महिनामा 'टोमाटिना' पर्वको अवसरमा गोलभेँडा हानाहान गर्दै केही मानिसहरू। गोलभेँडा खेती सकिएपछि उक्त पर्व मनाउने चलन छ।

तस्बिर स्रोत, Diana Sanchez / AFP

तस्बिरको क्याप्शन, कोलम्बियामा जुन महिनामा 'टोमाटिना' पर्वको अवसरमा गोलभेँडा हानाहान गर्दै केही मानिसहरू। गोलभेँडा खेती सकिएपछि उक्त पर्व मनाउने चलन छ।
फ्रान्सको सन्यार्भिलमा जुनमा विमानबाट प्याराशूट बोकेर हाम फालेका २८० सैनिकलाई हेर्दै सैन्य अधिकारीहरू।

तस्बिर स्रोत, Christopher Furlong / Getty Images

तस्बिरको क्याप्शन, फ्रान्सको सन्यार्भिलमा जुनमा विमानबाट प्याराशूट बोकेर हाम फालेका २८० सैनिकलाई हेर्दै सैन्य अधिकारीहरू।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जुन महिनामा ट्विटरमा चार महिला सांसदहरूलाई "जुन देशबाट आएको हो त्यहीँ फर्किन" भनेपछि अमेरिकाको तल्लो सदनले मतदान गरेर उनको निन्दा गर्ने निर्णय गर्‍यो।

तस्बिर स्रोत, Jim Lo Scalzo / EPA

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जुन महिनामा ट्विटरमा चार महिला सांसदहरूलाई "जुन देशबाट आएको हो त्यहीँ फर्किन" भनेपछि अमेरिकाको तल्लो सदनले मतदान गरेर उनको निन्दा गर्ने निर्णय गर्‍यो।
स्वीडनकी ग्रेटा टून्बेर्ग तथा 'यूथ फोर क्लाइमट'सँग आबद्ध पर्यावरण संरक्षणवादी अभियन्ताहरू फ्रान्स सरकारले आयोजना गरेको एउटा कार्यक्रममा जुलाईमा सहभागी हुँदै। पछि टून्बेर्गलाई टाइम म्यागजीनले अहिलेसम्मकै सबैभन्दा कान्छी 'पर्सन अफ द इयर' घोषणा गर्‍यो।

तस्बिर स्रोत, Philippe Wojazer / Reuters

तस्बिरको क्याप्शन, स्वीडनकी ग्रेटा टून्बेर्ग तथा 'यूथ फोर क्लाइमट'सँग आबद्ध पर्यावरण संरक्षणवादी अभियन्ताहरू फ्रान्स सरकारले आयोजना गरेको एउटा कार्यक्रममा जुलाईमा सहभागी हुँदै। पछि टून्बेर्गलाई टाइम म्यागजीनले अहिलेसम्मकै सबैभन्दा कान्छी 'पर्सन अफ द इयर' घोषणा गर्‍यो।
हङ्‌कङमा प्रहरीले पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शनकारीहरू सेप्टेम्बर महिनामा। सरकारले ल्याउन खोजेको सुपुर्दगी कानुनको विरोधमा जुन महिनादेखि हङ्‌‌कङ आन्दोलित भएको छ। ‍

तस्बिर स्रोत, Isaac Lawrence / AFP

तस्बिरको क्याप्शन, हङ्‌कङमा प्रहरीले पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शनकारीहरू सेप्टेम्बर महिनामा। सरकारले ल्याउन खोजेको सुपुर्दगी कानुनको विरोधमा जुन महिनादेखि हङ्‌‌कङ आन्दोलित भएको छ।
अफगानिस्तानको बामियानमा अब्दुल्ला अब्दुल्लाको राष्ट्रपतीय निर्वाचन अभियानका बेला भाषण सुन्दै सर्वसाधारणहरू। तालिबानले आक्रमण गर्ने त्रासका कारण निर्वाचनमा निकै कम मतदान भयो।

तस्बिर स्रोत, Paula Bronstein / Getty Images

तस्बिरको क्याप्शन, अफगानिस्तानको बामियानमा अब्दुल्ला अब्दुल्लाको राष्ट्रपतीय निर्वाचन अभियानका बेला भाषण सुन्दै सर्वसाधारणहरू। तालिबानले आक्रमण गर्ने त्रासका कारण निर्वाचनमा निकै कम मतदान भयो।
भारतले अक्टोबरमा कश्मीरको विशेष संवैधानिक मान्यता खारेज गरिदिएपछि टाउकोमा काँडेतार बेरेर विरोध गर्दै एक व्यक्ति।

तस्बिर स्रोत, Danish Ismail / Reuters

तस्बिरको क्याप्शन, भारत सरकारले अक्टोबरमा कश्मीरको विशेष संवैधानिक मान्यता खारेज गरिदिएपछि टाउकोमा काँडेतार बेरेर विरोध गर्दै एक व्यक्ति।
क्यालिफोर्नियाको स्यान्टा पाउलामा फैलिएको डढेलो नियन्त्रण गर्ने उद्देश्यले एक ठाउँमा अभिप्रायवश लगाइएको आगो अर्थात् ब्याक फायर निभाउन खोज्दै अग्निनियन्त्रकहरू। डढेलोले ४०० वर्ग किलोमिटर क्षेत्र डढायो भने हजारौँ विस्थापित भए।

तस्बिर स्रोत, Josh Edelson / AFP

तस्बिरको क्याप्शन, क्यालिफोर्नियाको स्यान्टा पाउलामा फैलिएको डढेलो नियन्त्रण गर्ने उद्देश्यले एक ठाउँमा अभिप्रायवश लगाइएको आगो अर्थात् ब्याक फायर निभाउन खोज्दै अग्निनियन्त्रकहरू। डढेलोले ४०० वर्ग किलोमिटर क्षेत्र डढायो भने हजारौँ मानिस विस्थापित भए।
ब्रजिलको वनमा अवैध फँडानी रोक्न गठित एउटा समूहका सदस्य आरारिबोया क्षेत्रमा। एमजन वन संरक्षण गर्न विफल भएकाले ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारूको यो वर्ष देश र विदेशमा चर्को आलोचना भयो।

तस्बिर स्रोत, Ueslei Marcelino / REUTERS

तस्बिरको क्याप्शन, ब्रजिलको वनमा अवैध फँडानी रोक्न गठित एउटा समूहका सदस्य आरारिबोया क्षेत्रमा। एमजन वन संरक्षण गर्न विफल भएकाले ब्रजिलका राष्ट्रपति जाइर बोल्सोनारूको यो वर्ष देश र विदेशमा चर्को आलोचना भयो।
टर्कीको सीमानजिकै पर्ने सिरियाली नगर रस अल-आइनको बाटोमा आफ्नो अनुहार छोप्दै एक महिला। टर्कीका युद्धक विमानले तल स्पष्ट नदेखून् भनेर त्यहाँ टायर बालिएको थियो। अक्टोबरमा अमेरिकाले आफ्नो सेना सिरियाबाट फिर्ता गर्ने घोषणा गरेपछि टर्कीले कुर्द फौजलाई सीमावर्ती क्षेत्रबाट पर धपाउन सिरियामा आक्रमण गरेको थियो।

तस्बिर स्रोत, Delil Souleiman/AFP

तस्बिरको क्याप्शन, टर्कीको सीमानजिकै पर्ने सिरियाली नगर रस अल-ऐनको बाटोमा आफ्नो अनुहार छोप्दै एक महिला। टर्कीका युद्धक विमानले तल स्पष्ट नदेखून् भनेर त्यहाँ टायर बालिएको थियो। अक्टोबरमा अमेरिकाले आफ्नो सेना सिरियाबाट फिर्ता गर्ने घोषणा गरेपछि टर्कीले कुर्द फौजलाई सीमावर्ती क्षेत्रबाट पर धपाउन सिरियामा आक्रमण गरेको थियो।
आफ्नी आमासँग अमेरिकामा शरण खोज्न जान लागेकी एउटी एक वर्षीया बालिका मेक्सिकोको म्याट्यामोरसस्थित गेटवे इन्टर्न्याश्नल ब्रिजमा।

तस्बिर स्रोत, Veronica G. Cardenas / Reuters

तस्बिरको क्याप्शन, आफ्नी आमासँग अमेरिकामा शरण खोज्न जान लागेकी एउटी एक वर्षीया बालिका मेक्सिकोको म्याट्यामोरसस्थित गेटवे इन्टर्न्याश्नल ब्रिजमा।
बहामसको मार्श हार्बरमा समुद्री आँधी डोरिअनले भत्काएको एउटा घर। सेप्टेम्बरमा आएको उक्त आँधीले त्यहाँ कम्तीमा ४३ जनाको मृत्यु भयो भने धेरै मानिस अझै हराइरहेका छन्।

तस्बिर स्रोत, LOREN ELLIOTT / Reuters

तस्बिरको क्याप्शन, बहामसको मार्श हार्बरमा समुद्री आँधी डोरिअनले भत्काएको एउटा घर। सेप्टेम्बरमा आएको उक्त आँधीले त्यहाँ कम्तीमा ४३ जनाको मृत्यु भयो भने धेरै मानिस अझै हराइरहेका छन्।
अमेरिकी गल्फ खेलाडी टाइगर वूड्सले ११ वर्षपछि आफ्नो पाँचौँ मास्टर्स उपाधि जिते। ढाडको समस्याबाट पीडित उनी यो वर्ष आश्चर्यजनक रूपमा खेलमा फर्किए।

तस्बिर स्रोत, Lucy Nicholson / Reuters

तस्बिरको क्याप्शन, अमेरिकी गल्फ खेलाडी टाइगर वूड्सले ११ वर्षपछि आफ्नो पाँचौँ मास्टर्स उपाधि जिते। ढाडको समस्याबाट पीडित उनी यो वर्ष आश्चर्यजनक रूपमा खेलमा फर्किए।
फेब्रुअरी महिनामा यूकेका दर्जनौँ सहरमा झन्डै १५,००० विद्यार्थीहरूले जलवायु परिवर्तन रोकथाम गर्न सरकारले सक्रिय भूमिका खेल्नुपर्ने तथा देशमा 'जलवायु सङ्कटकाल' घोषणा गर्नुपर्ने मागसहित प्रदर्शन गरे। खनिज तेलको प्रयोग गर्न छोड्नुपर्ने मागसहित यो वर्षको उत्तरार्धमा संसारभरि आयोजित विरोध कार्यक्रममा लाखौँ मानिसहरू सहभागी भए।

तस्बिर स्रोत, PHIL COOMES / BBC

तस्बिरको क्याप्शन, फेब्रुअरी महिनामा यूकेका दर्जनौँ सहरमा झन्डै १५,००० विद्यार्थीहरूले जलवायु परिवर्तन रोकथाम गर्न सरकारले सक्रिय भूमिका खेल्नुपर्ने तथा देशमा 'जलवायु सङ्कटकाल' घोषणा गर्नुपर्ने मागसहित प्रदर्शन गरे। खनिज तेलको प्रयोग गर्न छोड्नुपर्ने मागसहित यो वर्षको उत्तरार्धमा संसारभरि आयोजित विरोध कार्यक्रममा लाखौँ मानिसहरू सहभागी भए।

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएअनुसार सम्बन्धित व्यक्ति र समाचारसंस्थामा सुरक्षित छ।