तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आमा चितुवा र हराएका तीन बच्चाको पुनर्मिलन
खेतमा भौँतारिइरहेका चितुवाका बच्चाहरूको सुरक्षित रूपमा उनीहरूकी आमासँग पुनर्मिलन भएको छ।
भारतको महाराष्ट्र राज्यका गाउँलेहरूले खेतमा चितुवाका तीन बच्चा फेला पारेका थिए।
एकजना वन्यजन्तु अधिकारीले एएनआई समाचार एजेन्सीलाई बताए अनुसार ती बच्चाहरू सुरक्षित रहून् भनेर त्यो खेत भएको क्षेत्रलाई नियन्त्रणमा लिइएको थियो।
भारतमा १२,५०० भन्दा बढी चितुवाको सङ्ख्या रहेको बताइन्छ।
उनीहरूको वासस्थान खुम्चिँदो छ।
त्यसैले चितुवाहरू कहिलेकाहीँ गाउँ पस्ने गरेका छन्।